विवाह सिद्धि सल्ल्हा दी कृष्ण सब गै द्रुपदले डिल्ली प्रोहित
भेज्नु, अंश नदिने कुरा

बिह्या समाप्ती अभिमन्युको भई ।
मीलेर राजा विचार् लिई ।।
यी पाण्डवैले कुन रीतले गई ।
भोग्लान राज्यै अधमी सँगै लिई ।। १ ।।

मिल्ला कसोरी भनि सब् तहाँ गुनी ।
हेरे सबैले मुख कृष्णको पनि ।।
कारण् तहाँ श्रीप्रभुकृष्णले भनी ।
जम्मा थिए राजनहेरु धेर् अनि ।। २ ।।

खिचेर सब्को मनलाई कृष्णले ।
पैल्हे अधर्मै तिनि कौरवादिले ।।
जाजो गरेको तसबीरझैँ सबै ।
दीँदैन बोले नलडी यहाँ कबै ।। ३ ।।

दीनै छ मुस्किल् तिनि पापिले भनी ।
आज्ञा भयो बात् बलदेवले सुनी ।।
बोले युयोधन् र शकूनिको यहाँ ।
के दोष् छ हारे नृप खेलि खुस्महाँ ।। ४ ।।

हारे जुवामा वनको दुखै सहे ।
पूरा प्रतिज्ञा गरनै यि वन् रहे ।।
शिष्यै पनि हुन् गरथे विशेषले ।
चाहा त दुर्योधनको त तीनिले ।। ५ ।।

यो बात सूने बलदेवको जसै ।
काँट्छाट् गरी सात्यिकिले भने तसै ।।
लाहाघरैमा अघि मार्न ठीक् परे ।
अन्न्यायले द्रौपदि चीर् हरण् गरे ।। ६ ।।

के के गरे न्याय गयो कहाँ कही ।
सुनाइ उत्तेजित सब् गरे तहीँ ।।
राजा विराट् द्रौपदले तहाँ गुनी ।
सल्लाह दीए लडन्यै छ ठीक् भनी ।। ७ ।।

फेर् भन्नुभो कृष्ण विवाह सिद्धियो ।
आएर एक् काम् दुइ पन्थ काज् भयो ।।
धेर् दिन् भयो सिद्धिगयो बिहे भई ।
जान्छौँ सबै घर्घरमा बिदा लिई ।। ८ ।।

राजा द्रुपद्जी र विराट बुद्धिमा ।
खानी यिनै छन् यिनका त चालमा ।।
लाग्नू भनी श्रीप्रभुकृष्णले पनि ।
आज्ञा भयो फेरि विराटले अनि ।। ९ ।।

श्रीकृष्ण सारा यदुवंशि नृपछि ।
राजा अरूको सतकार धेर् अति ।।
गर्दै बिदा दीइ विराट भूपले ।
हीँडे सबै कृष्णसमेत खूसले ।। १० ।।

ताहाँ पछी प्रोहित आफ्नु ठीक् गरी ।
भेजे द्रुपद्ले दुत हस्तिनापुरी ।।
पूगेर प्रोहित् धृतराष्ट्रको तहाँ ।
वीदूर दुर्योधन भीष्म साथ्महाँ ।। ११ ।।

यो बात बोले सुचना दिई कही ।
साह्रै वनैमा दुख पाण्डवै सही ।।
भोगे प्रतिज्ञा नगरी फरक् रति ।
वन्मा बसे बाह्र वरष् दुखै कटी ।। १२ ।।

फेर् गुप्तिवासै यक वर्ष नै भरी ।
माहाविपद्ले दिनको पुरा गरी ।।
हक् आफनू मात्र लिनै अघी सरी ।
आए दिनोस् राज् टुकडा विचार् गरी ।। १३ ।।

बीहक् भने कुन् तिनि राजि छन् बरू ।
यो बात् विचारुन् गडि कौरवैहरू ।।
येदी यि कौरव् नमिले विवश् भई ।
युद्धै ति गर्छन् सुरु होस् विचार् लिई ।। १४ ।।

राज्यै दिए मन् पनि लड्न एक्रती ।
दिल् छैन तिन्को लडन् भनूँ कति ।।
पाण्डवहरूले दुख दूःख भोग् गरी ।
हा ज्यान् बचाएर फिरे यसै घडी ।। १५ ।।

तै शान्ति छन् पाण्डव हाइहाई ।
क्यै छैन रिस्राग् अझ तीनिलाई ।।
धर्मानुसार् चल्छन पाँच भाई ।
खोजे बिहक् भो कुन अंश आई ।। १६ ।।

सम्झाइ दुर्योधनको सबै मिली ।
घर्को विरोध् यो त ठुलो विचार ली ।।
मेटाउनोस् सब् कुलको हितै गरी ।
यै बातको निश्चय होस यो घरी ।। १७ ।।

भेजेर आएँ म भनेर चुप् परी ।
बस्दा भए उत्तरको विचार् गरी ।।
चक्मन्न भो सब् सुनि भीष्म बुद्धिमान् ।
आज्ञा भयो ठीक् अहिले गरे बयान् ।। १८ ।।

पूरोहितैले कथनै गरे जति ।
यो बात ठीक् हो भनि जोर् गरी अति ।।
ताडीफ फेर पाण्डवको त भीष्मले ।
गर्दा असह्यै खुब भो त कर्णले ।। १९ ।।

बोले सदा पाण्डवको यिनी यहाँ ।
गर्छन् बडाई नबुझेर मन्महाँ ।।
कस्तै यि दुर्योधनले रतीभरी ।
पृथ्वी दिंदैनन् नलडेर क्यै गरी ।। २० ।।

पक्का दिंदैनन् मुरखै झईँ सरी ।
बोल्छन् विराट् द्रूपदका मुठीभरी ।।
सेना लि पाण्डवहरुले त यो घडी ।
दुर्योधनै साथ् जितछन् तिनी लडी ।। २१ ।।

लेलान बद्ला म यहाँ अघी सरी ।
पूर्याइदीनेछु मिती खुबे गरी ।।
यी बात उन्माद् धृतराष्ट्रले सुनी ।
रीसाइ हेरेर ति कर्णको अनि ।। २२ ।।

फट्कारि पूरोहित तर्फ तीनिले ।
फर्केर बोले अहिले तपाईँले ।।
जोनोस् पछी सञ्जयलाई ता वहाँ ।
भेज्नेछु छोरा तिनि पाण्डवै कहाँ ।। २३ ।।

श्रीभीष्मजीले र तपाइँले अब ।
भन्नू भयाको हित बात हो सबै ।।
यो बात सूनेर पुरेतजी फिरी ।
सारा कहे उन्मत बात् बयान् गरी ।। २४ ।।


प्रतिलिपि अधिकार © २००९ सर्वाधिकार सुरक्षित